एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम टुंगो लगायो (नामावलीसहित)

डिसी नेपाल
२२ जेठ २०७९ १६:१७
548
Shares

काठमाडौं।नेकपा(एकीकृत समाजवादी)ले आफ्नो पार्टीको ५ जना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नामावली सिफारिस गरेको छ।एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँकी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रि कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य शंकर भण्डारीका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन् भने जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.