एकीकृत समाजवादीबाट मन्त्री सिफारिस भएका शेरबहादुर कुवँर भन्छन्- शपथको अझै टुंगो लागेको छैन
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)बाट नयाँ मन्त्रीमा सिफारिस भएका शेरबहादुर कुवरले शपथको अझै टुंगो नलागेको बताएका छन् । उनले शपथ आज या भोली हुन्छ त्यसबारेमा अझै टुंगो नलागेको डिसी नेपाललाई बताएका हुन् ।
‘मन्त्रीमा नयाँ नाम सिफारिस भएको हो तर शपथ कहिल्यै हुन्छ अझै टुंगो लागेको छैन,’उनले भने ।
एकीकृत समाजवादीले आजै सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीमा एक राज्यमन्त्रीसहित पाँच जनाको नाम सिफारिस गरेको छ । जसमा भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री ,जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस भएका छन् । त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी रहेका छन् ।







डिसी नेपाल








Facebook Comment