दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने
काठमाडौं। एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली टिमको अभ्यास सत्रमा कुवेतमा रहेका नेपाली दर्शकलाई प्रवेश दिइने भएको छ।
नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अहमादी स्थित अल शवाव स्टेडियममा हुने अभ्यासमा नेपाली दर्शकलाई आफ्नो देशको अभ्यास सत्र हेर्न दिने बताएका हुन्।
कुवेतमा रहेका नेपाली दर्शकलाई अभ्यासमा प्रवेश दिनेछौं। नेपाली दर्शकको उपस्थितीले खेलाडीमा हौसला बृद्धि हुनेछ, अब्दुल्लाहले भने। नेपाली टिमले सोमबार साँझ ७ बजे अहमादीमै अभ्यास गर्नेछ।
कतारको दोहामा केहि दिनको अभ्यास र मैत्रीपूर्ण खेलपछि नेपाली टिम हिजो (शनिबार) कुवेत राजधानी कुवेत सिटीमा आइपुगेको छ। हाल टोलीमा २३ खेलाडीसहित नौं अधिकारी छन् । नेपालले कुवेतमा २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ।







डिसी नेपाल







Facebook Comment