यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२३ जेठ २०७९ ८:४४
304
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ९० पैसा र बिक्री दर १२४ रुपैयाँ ५० पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ८२ पैसा र बिक्री दर १३३ रुपैयाँ ४६ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५४ रुपैयाँ ७३ पैसा र बिक्री दर १५५ रुपैयाँ ४८ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ २९ पैसा र बिक्री दर ९० रुपैयाँ ७३ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ८६ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ४७ पैसा र बिक्री दर ९ रुपैयाँ ५१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६० पैसा र बिक्री दर १८ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०३ र बिक्री दर ३३ रुपैयाँ १९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ८१ पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९० पैसा र बिक्री दर ९ रुपैयाँ ९५ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.