संसद्मा पेस गरिँदै दुई विधेयक

डिसी नेपाल
२३ जेठ २०७९ ८:३५
68
Shares

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विधेयक पेस हुने सम्भावना रहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना छ।

सभामुखपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ। सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्मा प्रस्तुत गरिने विधेयकबारे अन्तिम कार्यसूची बनाउने छ।

समितिलाई सम्भावित कार्यसूचीमा रहेका विधेयकलाई प्रस्तुत गराउने, थप गराउने वा हटाउने अधिकार छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.