आदर्श लघुवित्तको ६७ हजार कित्ता आइपिओ असार १ गतेदेखि आउँदै
काठमाडौं। आदर्श लघुवित्त वित्तीय संस्थाले ६७ हजार कित्ता आइपिओ असार १ गतेदेखि जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ६७ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो।
कम्पनीले जारी गर्ने आइपिओ मध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुटाईएको छ भने बाँकी ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणका लागि निस्काशन गर्ने भएको छ।
यस आइपिओको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ। यस आइपिओमा लगानीकर्ताले असार ६ गतेसम्म आवेदन दिन पाउने छन्। उक्त तोकेको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा लगानीकर्ताले असार १५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
लगानीकर्ताले यस आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङस नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
लगानीकर्ताले यस आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो सेयर एपमार्फत आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ करोड ४० लाख रहेको छ आईपीओ बाँडफाँटपश्चात यो पूँजी रू. २ करोड ७ लाख पुग्नेछ ।







डिसी नेपाल








Facebook Comment