भुटानले नेपाललाई दियो ६७ रनको लक्ष्य

डिसी नेपाल
२३ जेठ २०७९ १३:२८
76
Shares

काठमाडौं।आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानले नेपालसामू ६७ रनको लक्ष्य पाएको छ ।मलेसियामा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भुटानले निर्धारित २० ओभारमा नौ विकेट गुमाएर ६६ रनको योगफल तयार पारेको हो ।

भुटानको लागि नगवाङ छोडन र साङ्य ए वाङमोले समान ११ रन जोडे । यसबाहेक अन्य ब्याटरले गतिलो योगदान दिन सकेनन् ।नेपालका लागि अनु कडायत, मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले समान दुई विकेट लिँदा स्नेहा महराले एक विकेट लिइन् ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । तर, दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *