चिलीमाथि दक्षिण कोरियाको जित

डिसी नेपाल
२४ जेठ २०७९ ७:१२
228
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली टिम दक्षिण कोरियाले दक्षिण अमेरिकी टोली चिलीमाथि २–० को जित निकालेको छ। मंगलबार राति घरेलु मैदानमा कोरियालाई जित दिलाउन ही–चान ह्वाङ र ह्युङ मिन सनले गोल गरे।

खेलको १२औं मिनेटमा ह्वाङले गरेको गोलबाट कोरियाले अग्रता लिएको थियो। यस्तै, इन्जुरी समयमा सनले गोल गरेपछि कोरियाले २–० को जित निश्चित गरेकाे हाे। खेलको ५२औं मिनेटमा एलेक्स आइबाक्यासले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा समेटिदै खेलको अन्त्य गरेको थियो।

यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा कोरिया ब्राजिलसँग ५–१ ले पराजित भएको थियो। यस्तै, चिलीले भने दोस्रो मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग खेल्ने तालिका छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *