हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति पुग्यो ?

डिसी नेपाल
२४ जेठ २०७९ ९:५०
348
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ९२ पैसा र बिक्री दर १२४ रुपैयाँ ५२ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५५ रुपैयाँ ६४ पैसा र बिक्री दर १५६ रुपैयाँ ३९ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ४६ पैसा र बिक्री दर ८९ रुपैयाँ ९० पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ १५ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ४९ पैसा र बिक्री दर ९ रुपैयाँ ५३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६६ पैसा र बिक्री दर १८ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०४ र बिक्री दर ३३ रुपैयाँ २० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९४ पैसा र बिक्री दर ३४ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.