४५.५९ अंकले घट्यो नेप्से, परिसूचक २०२०.२३ विन्दुमा

डिसी नेपाल
२४ जेठ २०७९ १५:०८
40
Shares

काठमाडौं। साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार सेयर बजार ४५.५९ अंकले घटेर २ हजार २०.२३ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ३१ करोड २८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा एनआइसी एशिया बैंक अग्रस्थानमा रहेको छ। यस कम्पनीको ८ करोड २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय ३९ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : कुमारी बैंक र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचक नै घटेको छ। आजको कारोबारमा उपकर लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरका लगानीकर्ताले अधिक कमाएका छन्। यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। यस्तै, हिमालयन बैंक र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.