६०.२२ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम १ अर्व ६४ करोड

डिसी नेपाल
२५ जेठ २०७९ १५:३०
72
Shares

काठमाडौं। साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से ६०.२२ अंकले बढेर २ हजार ८०.४४ बिन्दुमा पुगेर बन्द भएको छ । आजको बजारमा सेन्सेटिभ इन्डेक्स ११.२२ अंकले बढेर ४००.३२ अङ्कमा पुगेको छ ।

नेप्सेमा २३१ कम्पनीको ५० लाख ५ हजार ८ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ६४ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सेयर बजारमा ३ कम्पनी सामुदायिक लघुवित्त वित्तीय संस्था, बाफेली हाइड्रो पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।सकारात्मक सर्किट लागेका कम्पनीमा सामुदायिक लघुवित्तको सेयर मूल्य १ सय ४३ रुपैयाँले बढेर १ हजार ५ सय ७३ रुपैयाँ, बलेफी हाइड्रोपावरको सेयर २० रुपैयाँ ३० पैसाले बढेर २ सय २४ रुपैयाँ २० पैसा पुगेको छ । यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा २ सय १२ रुपैयाँ ६० पैसाले बढेर २३ सय ३८ रुपैया पुगेको छ ।

यी तिन कम्पनीका लगानीकर्ताले अत्यधिक कमयाका छन् भने माउन्टेन हाइड्रो र आरबीबी म्युचुअल फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.