भारतकी पूर्वकप्तान मिताली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइन्

डिसी नेपाल
२५ जेठ २०७९ १६:१५
68
Shares

काठमाडौं । भारतीय महिला क्रिकेट टोलीकी पूर्व कप्तान मिताली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छन् । ट्वीटरमा जारी विज्ञप्तिमा उनले सहयोग र मायाका लागि सबैलाई धन्यवाद दिएका छन् । उनले सबैको आशिर्वाद र सहयोगले दोस्रो इनिङ्सको प्रतीक्षामा रहेको समेत लेखेकी छिन् ।

मिताली राजले भारतका लागि २३२ ओडीआई खेले र ५०.६८ को औसतमा ७८०५ रन बनाएकी छिन् । उनले भारतका लागि १२ टेस्ट म्याच पनि खेलिन् र ४३.६८ को औसतमा ६९९ रन बनाइन् । मिताली राज एकदिवसीय क्रिकेटमा विश्वकै सर्वाधिक रन बनाउने खेलाडी हुन् । ३ डिसेम्बर १९८२ मा राजस्थानको जोधपुरमा जन्मिएकी मिताली राजले भारतमा महिला क्रिकेटलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

मितालीले ट्वीटरमा जारी गरेको विज्ञप्तिमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु सर्वोच्च सम्मानको विषय भएको लेखेकी छन् । उनले लेखेका छन्– ‘मेरो यात्रा उतार–चढावले भरिएको थियो । हरेक घटनाले मलाई केही फरक सिकायो । मेरो जीवनको पछिल्लो २३ वर्ष सबैभन्दा चुनौतीपूर्ण र खुशीले भरिएको छ। सबै यात्राहरू जस्तै, यो पनि समाप्त हुनै पर्छ।’

मितालीले लेखेकी छिन्, ‘जब पनि मैदानमा पाइला राखें, भारतलाई जिताउन आफुले सक्दो दिएँ ।’ आफ्नो बयानमा मितालीले भनिन्– ‘तिरंगाको प्रतिनिधित्व गर्ने अवसरलाई म सधैं कदर गर्नेछु । मलाई लाग्छ कि यो मेरो खेल करियर रोक्नको लागि सही समय हो किनकि टोली धेरै प्रतिभाशाली युवा खेलाडीहरूको हातमा छ र भारतीय क्रिकेटको भविष्य उज्ज्वल छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *