प्रभु बैंक र दियालो फुडल्याण्डबीच सम्झौता, बैंकका ग्राहकले फुडल्याण्डबाट आकर्षक छुट पाउने

डिसी नेपाल
२६ जेठ २०७९ ११:४२
64
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र दियालो फुडल्याण्ड बुटवल प्रालिका बिच र दियालो फुडल्याण्ड बुटवलमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट खैरेनी शाखा कार्यालय प्रमुखसरोज ज्ञावली र दियालो फुडल्याण्ड बुटवलका तर्फबाट प्रबन्ध निर्देशक मदन भण्डारीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

प्रभु बैंक र दियालो फुडल्याण्ड बुटवलविच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले दियालो फुडल्याण्ड बुटवलद्वारा सञ्चालित रेस्टुरेण्ट एण्ड पार्टी प्यालेसमा ‘फुड’ मा १५ प्रतिशत र ‘वेभरेज’ मा १० प्रतिशत छुट प्राप्त गर्ने भएको छ।

उक्त सम्झौता अन्तर्गत दियालो फुडल्याण्ड बुटवलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दियालो फुडल्याण्ड बुटवलका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.