दक्षिण अफ्रिकाविरुद्ध भारतको कप्तानी ऋषभ पन्तले गर्ने

डिसी नेपाल
२६ जेठ २०७९ १२:०१
56
Shares

काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टी–२० खेल बिहीबार दिल्लीमा हुँदैछ । पहिलो पटक भारतीय टोलीको नेतृत्व गर्न लागेका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तका लागि यो खेल निकै विशेष छ, त्यो पनि आफ्नै घरेलु मैदानमा । केएल राहुल चोटका कारण सिरिजबाट बाहिरिएपछि पन्तले यो जिम्मेवारी पूरा गर्ने मौका पाएका थिए ।

ऋषभ पन्त टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय टोलीको नेतृत्व गर्ने आठौं खेलाडी बन्न लागेका छन् । सन् २००६ मा पहिलो पटक वीरेन्द्र सहवागले टी–२० खेलमा भारतीय टोलीको कप्तानी गरेका थिए । त्यसपछि एमएस धोनी (७२ खेल), सुरेश रैना (३), अजिंक्या रहाणे (२), विराट कोहली (५०), रोहित शर्मा (२८) र शिखर धवन (३ खेल) छन्।

दिल्ली टी–२० मा मैदानमा उत्रेसँगै ऋषभ पन्तले एक विशेष कीर्तिमान पनि बनाउन लागेका छन् । वास्तवमा, पन्त टी-२० मा भारतको कप्तानी गर्ने दोस्रो कान्छा खेलाडी हुनेछन्। २३ वर्ष १९७ दिनको उमेरमा रैनाले टोलीको नेतृत्व सम्हालेका थिए । ऋषभ पन्त २४ वर्ष २४९ वर्षमा कप्तान बन्न लागेका छन् ।

ऋषभ पन्त टिम इन्डियाको पहिलो पटक कप्तान हुन लागेका हुन् तर उनीसँग टी–२० क्रिकेटमा कप्तानी गर्ने राम्रो अनुभव छ । पन्तले आईपीएलमा अहिलेसम्म ३० खेलमा दिल्ली क्यापिटल्सको कप्तानी गरेका छन्, जसमा टोलीले १६ खेल जितेको छ । दिल्लीले १३ खेलमा हार बेहोरेको थियो भने एक खेल बराबरी भएको थियो ।

ऋषभ पन्तको कप्तानीमा दिल्ली क्यापिटल्सको जितको प्रतिशत ५५ पुगेको छ । पन्तको कप्तानीमा दिल्ली क्यापिटल्सले आईपीएल २०२१ मा प्लेअफसम्मको यात्रा तय गरेको थियो। आइपिएल २०२२ मा उनी प्लेअफ पुग्नबाट एक कदम टाढा थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *