आईसीसी विश्वकप लिग टुः आज नेपाल र ओमान भिड्दै

डिसी नेपाल
२६ जेठ २०७९ १२:३१
116
Shares

काठमाडौं।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बिहीबार पहिलो खेल खेल्दैछ । पहिलो खेलमा नेपालले ओमानको सामाना गर्दैछ।अमेरिकाको मोसा क्रिकेट मैदानमा नेपाल र आमानबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजेबाट सुरु हुनेछ ।

नेपाल आज यो सिरिजको पहिलो खेलमा ओमानलाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ। नेपालको लागि ओमान चिरपरिचित प्रतिद्वन्दी हो । तर, पछिल्लो चार खेलमा नेपालले ओमानलाई एक पटक मात्र हराएको छ। यो लिग टु मा ओमान ३२ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा रहेको छ। नेपाल भने १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *