डिम्याट खाताको नविकरण शुल्क बुझाउन ग्लोबल आईएमई क्यापिटलको आग्रह
काठमाडौं। ग्लोबल आईएमई क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ।
क्यापितालले क्यापिटल र ग्लोबल आइएमई बैंक लिमिटेडका शाखा कार्यलयहरुमार्फत डिम्याट खाता खोलेका हितग्राहीलाई आव २०७८/७९ सम्म डिम्याट सञ्चालन गरेबापत वार्षिक शुल्क १०० रुपैयाँ बुझाउन आग्रह गरेका छन्।
हितग्राहीहरुले असारमसान्त भित्र आइएमई पे, ईसेवा र कनेक्ट आईपीएस, खल्ती डिजिटल बालेट, प्रभु पे र ग्लोबल आईएमई बैंकको ई बैंकिङ मार्फत उक्त शुल्क बुझाउन सक्नेछन्।
तोकिएको समयावधि असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने क्यापिटलले जनाएको छ। साथै, मेरो सेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरिसक्नु पर्नेछ।







डिसी नेपाल








Facebook Comment