सेयर बजार राताम्मे, नेप्से परिसूचक १७.५८ अंकले घट्यो
काठमाडौं। साताको कारोबारको चौथौ दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार सेयर बजार १७.५८ अंकले घटेर २ हजार ६२.८६ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४७ करोड २६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ। यस कम्पनीको ६ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य २ सय ९ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : हिमालयन डिस्टिलरी अरुण काबेली पावरको कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटै उपसूचक नै घटेको छ। आजको कारोबारमा उपकर लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरका लगानीकर्ताले अधिक कमाएका छन्। यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। यस्तै, संगति हाइड्रो इनर्जी र सुमित लघुवित्तका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment