स्पेनको पहिलो जित
काठमाडौं। स्वीजरल्यान्डलाई १-० अन्तरले पराजित गर्दै स्पेनले यूएईएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ।
शुक्रबार रातिको जितसँगै समूह ए२ मा स्पेनले पहिलो तिन अंक हासिल गरेको हो । भ्रमणकारी टोलीका लागि एक मात्रै निर्णायक गोल पाप्लो सरवियाले गरे।
उनले १३औं मिनेटमा मार्काेस लोरेन्टेको पास सदुपयोग गरे। बाँकी समयमा दुबै टोलीले गोल गर्न नसक्दा स्पेनले १-० को जित पायो । प्रतियोगितामा तीन खेल खेल्दा स्पेन ५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । यता, पराजित स्विजरल्यान्ड तीन खलबाट बिना कुनै अंक पुछारमा छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment