अमेरिकी डलरको भाउमा उछाल, आज फेरि नयाँ उचाइमा

डिसी नेपाल
२७ जेठ २०७९ ९:०८
5.9k
Shares

काठमाडौं। शुक्रबार फेरी अमेरिकी डलरको भाउ बढेको छ। अमेरिकी डलरको भाउ बढेसंगै नेपाली मुद्र कम्जोर हुँदै गएको छ।

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शुक्रबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२४ रुपैयाँ १३ पैसा  र बिक्रीदर १२४ रुपैयाँ ७३ पैसा कायम भएको छ। बिहिबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ०८ पैसा र बिक्री दर १२४ रुपैयाँ ६८ पैसा कायम गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.