कारोबार सुरु भएको ३० मिनेट नबित्दै दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

डिसी नेपाल
२७ जेठ २०७९ ११:४०
280
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शुक्रबारको कारोबार खुल्ला भएको ३० मिनेट नबित्दै उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको हो।

उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरको सेयर मूल्य९.९८ प्रतिशतले बढेको छ।

उपकार लघुवित्तको सेयर मूल्य प्रतिकित्ता २ सय ५७ रुपैयाँ २० पैसाले बढेर २ हजार ८ सय २९ रुपैयाँ ६० पैसा पुगेको छ । यस्तै, बलेफी हाइड्रोपावरको सेयर मूल्यमा २४ रुपैयाँ ६० पैसाले बढेर २ सय ७१ रुपैयाँ २० पैसा पुगेको छ। मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भने खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.