वेष्ट इन्डिजविरुद्ध पाकिस्तानलाई श्रृंखला

डिसी नेपाल
२८ जेठ २०७९ ६:५६
28
Shares

काठमाडौं। वेष्ट इन्डिजविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला घरेलु टोली पाकिस्तानले एक खेल अघिनै जितेको छ। शुक्रबार भएको खेलमा १२० रनको जित निकाल्दै पाकिस्तानले तीन खेलको श्रृंखला एक खेल अघिनै २–० ले जितेको हो।

मुल्तानमा २७६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३२ ओभर २ बलमा सबै विकेट गुमाउँदा १५५ रनमा समेटियो। वेष्ट इन्डिजका सामर ब्रुकले सर्वाधिक ४२ रन बनाए। यस्तै, केयले मायर्स ३३, कप्तान निकोलास पुरनले २५ रनको बनाए । पाकिस्तानका प्लेयर अफ दि म्याच मोहम्मद नवाजले सर्वाधिक ४ विकेट लिए। यस्तै, मोहम्मद वासिमले तीन विकेट लिए।

यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको पाकिस्तानले दुई खेलाडीको अर्धसतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७५ रन बनायो।

पाकिस्तानका बबर अजामले सर्वाधिक ७७ रन बनाए । यस्तै अमाम उल हकले ७२ रनको योगदान गरे । यता, सदाव खान र खुस्दील शाहले समान २२ रन जोडे । वेष्ट इन्डिजका एकेअल हुसेइनले सर्वाधिक तीन विकेट लिए।

अब, तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *