प्रसारण लाइनमा झुण्डिएका विकको आठ घण्टापछि उद्धार
काठमाडौं । नुवाकोटको ककनी–७ मा अवस्थित नेपाल विद्युत् प्राधिकरणको त्रिशुली–काठमाडौँ २२० केभी प्रसारण लाइनमा एक व्यक्ति चढेपछि उनलाई नेपाली सेनाले उद्धा गरेको छ । तारमा चढेको करिब आठ घण्टापछि नेपाली सेनाको हेलिकप्टरमा पुगेको टोलीले उद्धार गरेको हो ।
आज बिहान ११ बजे सो प्रशारण लाइनमा ती व्यक्ति चढेपछि विद्युत् प्रसारण अवरुद्ध भएको थियो । उच्च क्षमताको प्रसारण लाइनमा मानिस चढेपछि त्यसको प्रभाव दशभर परेको छ । प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि माथिल्लो त्रिशुली थ्री ए लगायतका केही आयोजनाको बिजुली उत्पादन बन्द गर्नु परेको थियो । प्रणालीमा ६५ मेगावाट बिजुली अपुग भएको छ ।
माथिल्लो त्रिशुली थ्री ए ६० मेगावाट क्षमतामा नै चलीरहेको थियो भने अन्य केही आयोजनाको बिजुली समेत सोही प्रसारण लाइनमार्फत काठमाडौँ ल्याइएको छ । स्थानीयवासीका अनुसार प्रसारण लाइनमा चढ्ने व्यक्ति बेलकोटगढी नगरपालिका १३ घलेगाउँका ४४ वर्षीय माइला विक हुन् ।
विक शनिबार बिहान ११ बजेदेखि उच्च भोल्टेजको बिजुलीको तारमा चढेको जानकारी आएपछि लाइन काटिएको थियो। उनी परिवारसँग झगडा गरेर बिजुलीको तारमा पुगेको स्थानीयले बताएका छन्।
विकको उद्धार भए लगत्तै साँझ ७ बजेर ५८ मिनेटमा अवरुद्ध भएको बिजुली चालु भएको छ ।







डिसी नेपाल








Facebook Comment