यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२९ जेठ २०७९ ८:५४
248
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ १३ पैसा र बिक्री दर १२४ रुपैयाँ ७३ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५५ रुपैयाँ ६५ पैसा र बिक्री दर १५६ रुपैयाँ ४० पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२६ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १२७ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १० पैसा र बिक्री दर ८९ रुपैयाँ ५३ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ३४ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३० पैसा र बिक्री दर ९ रुपैयाँ ३५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६० पैसा र बिक्री दर १८ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०९ र बिक्री दर ३३ रुपैयाँ २५ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८८ पैसा र बिक्री दर ९ रुपैयाँ ९३ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.