आजदेखि भक्तपुरमा आर्थिक सम्मेलन

डिसी नेपाल
२९ जेठ २०७९ ९:१७
156
Shares

भक्तपुर। भक्तपुरको देकोचामा रहेकाे ख्वप कलेजमा आइतबारदेखि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्राे राष्ट्रिय सम्मेलन सुरु हुँंदैछ। सम्मेलन भाेलि साेमबारसम्म चल्नेछ।

कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने जनाए। दोस्राे दिन चार वटा टेक्निकल सेसन हुने उनले जनाए । पहिलो र दोस्राे दुवै दिन कि नोट स्पिकर रहने उनले जनाए।

पहिलो दिन प्राडा पुष्कर बज्राचार्य, प्राडा ध्रुबकुमार गौतम र डा रामकुमार फुयाँल र दोस्राे दिन प्राडा आरन स्थापित, डा जितेन्द्र डंगोल र नरबहादुर थापा प्लेनरी सेक्सनमा रहने कलेजले जनाएकाे छ। सम्मेलनमा ४० जनाभन्दा बढीले कार्यपत्र प्रस्तुति गर्ने छन्।

सम्मेलनको उद्घा‍टन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्ने कार्यक्रम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.