सीवाईसी नेपाल लघुवित्तको आइपिओ सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचिकृत भएको छ। नेप्सेमा कम्पनीको १२ लाख १६ हजार ४१८ कित्ता आइपिओ सूचिकृत भएको हो।
आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ रेञ्ज पनि निर्धारण गरिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम ३४४ रुपैयाँ ३६ पैसादेखि अधिकतम १ हजार ३३ रुपैयाँ ०८ पैसासम्मको रेन्ज तोकेको छ । यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ। यसको सेयर काराेबार गर्नका लागि सीवाईसीएल (CYCL) संकेत प्रदान गरिएको छ। यस कम्पनीको सेयर कारोबार सोमबार (जेठ ३० गते) बाट खुला हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment