शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचिकृत
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर इन्स्योरेन्सको हकप्रद सेयर सूचिकृत भएको छ। कम्पनीको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले चैत १ गतेबाट चैत २१ गतेसम्म बिक्री गरेको ३० प्रतिशत हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो। कम्पनीले १ः०३ को अनुपातमा प्रति कित्ता एक सय रूपैयाँ अंकितमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो।
उक्त हकप्रद सेयरपछि शिखरको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ भन्दा बढी पुगेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment