सिद्धार्थ बैंकले पायो ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने अनुमति

डिसी नेपाल
२९ जेठ २०७९ १०:३७
108
Shares

काठमाडौं। सिद्धार्थ बैंकले ४० लाख कित्ता ऋणपत्र बिक्री गर्न अनुमति प्राप्त गरेको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डले बैंकलाई ऋणपत्र निष्काशन गर्नको लागि अनुमति दिएको हो।

बैंकले जारी हुने ऋणपत्रमध्ये १६ लाख कित्ता सर्वसधारणका लागि र बाँकी २४ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ।

बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मुल्यमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नेछ। यस ऋणपत्रमा निष्काशन तथा बिक्री प्रवन्धकको कुमारी क्यापिटल रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.