मदिराले मात्र होइन, यी चीजहरूले पनि गर्छ कलेजोलाई खराब
काठमाडौँ। कलेजोलाई हाम्रो शरीरको केमिकल फ्याक्ट्री मानिन्छ किनभने यसले रगतमा रहेको रसायनिक स्तरलाई कायम राख्न र शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्नमा महत्वपूर्ण भूमिका खेल्छ। यो हाम्रो शरीरको सबैभन्दा ठूलो एकल अंग हो। जानीजानी मानिसहरु कलेजोको स्वास्थ्यमा ध्यान दिदैनन् र यस्ता धेरै कामहरु गर्छन्, जसका कारण कलेजो बिग्रन थाल्छ। यस्तो अवस्थामा मानिसका ती बानीका बारेमा जान्न जरुरी हुन्छ, जसका कारण कलेजो बिस्तारै खराब हुन थाल्छ।
कलेजो स्वस्थ राख्न चाहनुहुन्छ भने के खाने र के नखाने भन्ने कुरा जान्न जरुरी रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् ? साथै तपाईको कलेजोको लागि कुन खानेकुरा फाइदाजनक छ र कुन कुराले तपाईको कलेजोलाई हानि पुर्याउन सक्छ। मदिराको अत्याधिक सेवन र मोटोपनाका कारण कलेजोसँग सम्बन्धित रोग लाग्ने जोखिम बढ्दै जाने कुरा सबैलाई थाहा छ।
त्यसैले हामी तपाईलाई केहि यस्ता चिजहरुको बारेमा बताउन गइरहेका छौँ जुन तपाईको कलेजोका लागि निकै खतरनाक साबित हुन सक्छ। कलेजोलाई स्वस्थ राख्न चाहनुहुन्छ भने भूलवश पनि यी चिजको सेवन गर्नु हुँदैन।
चिनी – धेरै चिनी दाँतको लागि मात्र हानिकारक छैन, यसले तपाईंको कलेजोलाई पनि हानि पुर्याउँछ। कलेजोले बोसो बनाउन फ्रक्टोज नामक एक प्रकारको चिनी प्रयोग गर्छ। उच्च मात्रामा परिष्कृत चिनी र उच्च फ्रक्टोज कर्न सिरपको सेवनले कलेजो रोगको जोखिम बढाउन सक्छ। केही अध्ययनहरूले पत्ता लगाएका छन् कि चिनीले रक्सीले जस्तै कलेजोलाई क्षति पुर्याउँछ।
भिटामिन ए को धेरै मात्रामा खपत – शरीरलाई धेरै प्रकारका भिटामिनहरू चाहिन्छ, जसमध्ये एक भिटामिन ए हो। शरीरमा भिटामिन ए को कमी ताजा फलफूल र तरकारीले पूरा गर्न सकिन्छ। रातो, सुन्तला र पहेँलो रंगका फलफूल र तरकारीमा भिटामिन ए उच्च मात्रामा पाइन्छ। तर धेरै मानिसहरु भिटामिन ए को सप्लिमेन्ट खान्छन। भिटामिन ए को उच्च खुराकले कलेजो रोग निम्त्याउन सक्छ। यस्तो अवस्थामा यदि तपाइँ भिटामिन ए को सप्लिमेन्ट लिन चाहानुहुन्छ भने, एक पटक अवश्य डाक्टरसँग सम्पर्क गर्नुहोस्।
मैदा पिठो- मैदाबाट बनेको खानेकुराको सेवनबाट सधैं बच्नुपर्छ। यी प्रायः प्रशोधित छन्। यसमा भिटामिन, मिनरल्स र फाइबरको मात्रा निकै कम हुन्छ। साथै, यसले शरीरमा रगतमा चिनीको मात्रा पनि बढाउँछ । यस्तो अवस्थामा पास्ता, पिज्जा, बिस्कुट, रोटी जस्ता चीजहरूको उपभोग नगर्नु आवश्यक छ। यी सबैमा मैदा प्रयोग गरिन्छ। यी चिजको सेवन नगर्दा कलेजो पनि स्वस्थ रहन्छ ।
रातो मासु- तपाईको कलेजोलाई प्रोटिनले भरपूर रातो मासु पचाउन निकै गाह्रो हुन्छ। कलेजोको लागि प्रोटिनलाई तोड्न सजिलो नहुने भएकाले अधिक प्रोटिनको निर्माणले कलेजो सम्बन्धी रोगहरूको जोखिम बढाउन सक्छ। फ्याटी लिभर रोगहरू सहित जसले मस्तिष्क र मृगौलालाई क्षति पुर्याउन सक्छ।
पेनकिलर – मानिसहरु धेरै पटक टाउको दुख्ने वा शरीर दुख्ने बेलामा पेनकिलरको प्रयोग गर्छन्। यस्तो अवस्थामा तपाईले कति पेनकिलर सेवन गरिरहनुभएको छ भन्ने कुराको जानकारी हुन जरुरी छ । यदि तपाईंले गल्तिवश यसको अत्यधिक सेवन गर्नुभयो भने, यसले तपाईंको कलेजोमा नराम्रो प्रभाव पार्न सक्छ। यसले तपाईको कलेजोलाई पनि क्षति पुर्याउन सक्छ। त्यसैले जहिले पनि चिकित्सकको सल्लाह लिएर मात्र दुखाइ कम गर्ने औषधि प्रयोग गर्नुहोस्।







डिसी नेपाल








Facebook Comment