हेर्नुहोस् सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
३० जेठ २०७९ ८:५५
540
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ २४ पैसा र बिक्री दर १२४ रुपैयाँ ८४ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ ६६ पैसा र बिक्री दर १३१ रुपैयाँ २९ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ०१ पैसा र बिक्री दर १५३ पैयाँ ७५ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर १२६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६१ पैसा र बिक्री दर ८८ रुपैयाँ ०४ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ६६ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २४ पैसा र बिक्री दर ९ रुपैयाँ २९ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५२ पैसा र बिक्री दर १८ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ १२ पैसा र बिक्री दर ३३ रुपैयाँ २८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९ रुपैयाँ ७६ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.