नेपाल लाइफ इन्स्योरेन्सले सेयर संरचना परिमार्जन गर्ने
काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गर्ने भएको छ। कम्पनीले थप ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गर्न लागेको हो।
कम्पनीले सेयर स्वामित्व परिमार्जन संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको हिस्स ४९ प्रतिशत कायम गर्न लागेको हो। कम्पनीले २१ औँ वार्षिक साधारण सभाले सेयर स्वामित्व परिमार्जन गर्दै ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।
सर्वसाधारण सेयरमा परिणत गर्न नचाहने र इच्छा नभएका संस्थापक सेयरधनीले सोही अनुसारको सोघोषणा गरी सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी पठाउन पनि कम्पनीले आग्रह गरेको छ।








डिसी नेपाल








Facebook Comment