आगामी हप्तादेखि सेयर बजार सातामा ६ दिन खुल्ने

डिसी नेपाल
३० जेठ २०७९ ११:२३
148
Shares

काठमाडौं। आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ। प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र खुला हुनेछ।

सरकारले गत १ जेठेदेखि शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार भने पाँच दिन मात्र भएको थियो। आइतबारको बिदा कटौती गरेसँगै अब ६ दिन नै सेयर कारोबार गर्ने तयारी रहेको नेप्सेले जनाएको छ।

तर, सार्वजनिक बिदाको दिन र शनिवार भने नेप्से बन्द रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.