विश्वकप लिगः अमेरिकालाई हराउँदै ओमान शीर्ष स्थानमा
काठमाडौं।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत आज बिहान सम्पन्न खेलमा ओमानले अमेरिकाला हराउँदै शीर्ष स्थानमा रहेको छ। ओमानी ओपनर कश्याप प्रजापतिको शतकमा घरेलु टोली अमेरिकालाई १३ रनले पराजित गरेको छ।
ओमानले दिएको २ सय ८१ रनको बलियो विजयी लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६७ रन मात्र बनाउन सक्यो ।
ओमानका कप्तान जिशान मकसुदले १० ओभरमा १ मेडनसहित ३९ रन खर्चेर ४ विकेट लिए । विलाल खानले तीन, कलिमुल्लाह र नेस्टर धम्बाले १–१ विकेट लिए ।
यो जितसँगै ओमान ३५ खेलमा २१ मा जित र १२ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । अमेरिका २३ खेलमा १० मा जित र १२ मा हारका साथ २१ अंक जोड्दै चौथो स्थानमा छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment