दुई बैंकको सेयर कारोबार रोक्का

डिसी नेपाल
३० जेठ २०७९ १२:३८
472
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई बैंकको सेयर कारोबार रोक्का भएको छ। मर्जर प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोकेको हो।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्तिका लागि सम्झौता गरेसँगै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो। यससम्बन्धी दुबै बैंकबिच शुक्रबार सम्झौता भएको थियो।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ। १००ः९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.