दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट, कुनको मूल्य कति पुग्यो ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सोमबारको कारोबारमा बलेफी हाइड्रोपावर र ग्रीन भेन्चरको सेयर मूल्यमा सर्किट लागेको हो।
बलेफी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने ग्रीन भेन्चरको सेयर कारोबार ९.९८ प्रतिशतले वृद्धि भएको छ।
बलेफी हाइड्रोपावरको सेयर मूल्यमा २७ रुपैयाँ १० पैसाले बढेर २ सय ९८ रुपैयाँ ३० पैसा पुगेको छ। यस्तै, ग्रीन भेन्चरको सेयर मूल्य प्रतिकित्ता २९ रुपैयाँ १० पैसाले बढेर ३ सय २० रुपैयाँ ७० पैसा पुगेको छ । मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment