मन्त्री महेश्वरजंग गहतराजसहित बक्सिङ टोली रुस प्रस्थान

डिसी नेपाल
३० जेठ २०७९ १४:०४
160
Shares

काठमाडौं। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा आठ सदस्यीय टोली रुसको मस्को प्रस्थान गरेकाे छ। नेपाल बक्सिङ संघका पदाधिकारीसहित आठ सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेकाे हाे।

बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा टोली त्यसतर्फ प्रस्थान गरेको बताइएको छ।

रुस जाने टोलीमा खेलकुद मन्त्री गहतराजसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदको विभागीय प्रमुख मधुसुदन बस्नेत, मन्त्री निजी सचिव रोसन कुमार सुनार, संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुन बहादुर केसी संघका सदस्य मानबहादुर भण्डारी र प्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले रहेका छन्।

टोली १६ जुनमा स्वदेश फर्कनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *