नेपाली रुपैयाँ थप कमजोर, अमेरिकी डलरको भाउ फेरी नयाँ उचाइमा
काठमाडौं। अमेरिकी डलरको भाउ लगातार उकालो लागिरहेको छ। अमेरिकी डलरको भाउ बढेसंगै नेपाली मुद्रा झन् कमजोर हुँदै गएको छ।
रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।
करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकोमा पछिल्ला दिनमा लगातार बढिरहेको छ ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि मंगलबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२५ रुपैयाँ १६ पैसा कायम भएको छ। सोमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ २४ पैसा र बिक्री दर १२४ रुपैयाँ ८४ पैसा कायम गरेको थियो।







डिसी नेपाल








Facebook Comment