दोर्दी खोलाको २१ लाख ९५ हजार ५०९ कित्ता आइपिओ भर्ने आज अन्तिम मौका

डिसी नेपाल
३१ जेठ २०७९ १०:१०
56
Shares

काठमाडौं। दोर्दी खोला कम्पनीले २१ लाख ९५ हजार ५०९ कित्ता आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रति सेयर १०० अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता आइपिओ बिक्री खुल्ला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूबाट अवितरित २ लाख ९७ हजार ८४० कित्तासहित सो सङ्ख्याको आईपीओ बिक्री खुला गरेको जनाएको छ ।

कम्पनीले निष्कासन गर्ने कुल आईपीओमध्ये पाँच प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषका इकाइहरूलाई तथा तीन प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरेको छ । बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ। लगानीकर्ताले यो आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर’को मोबाइल एप तथा वेबसाइट आवेदन दिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.