यस्तो छ आजको तरकारी र फलफूलको भाउ

डिसी नेपाल
३१ जेठ २०७९ १०:१९
116
Shares

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिल तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ।

रातो आलु न्यूनतम ४२ रुपैयाँ प्रतिकेजी तोकिएको छ भने मुडेको आलु ३८ रुपैयाँ प्रति केजी रहेको छ। सेतो मुला लोकल ३० रुपैयाँ प्रतिकेजी, हाइब्रिड भने ५० रुपैयाँ रहेको छ। समितिका अनुसार स्थानीय ज्यापु काउली ५० रुपैयाँ केजी रहेको छ।

लाम्चो भण्टा १५ रुपैयाँ केजी, तने बोडी ५० रुपैयाँ प्रतिकेजी, सुकेको प्याज ३६ रुपैयाँ, घिउसिमी ४० रुपैयाँ, तितेकरेला २० रुपैयाँ रहेको छ।

रुखकटहर ४०, काक्रो ३५ रुपैयाँ, हरियो खुर्सानी ४०, हरियो धनियाँ ५० रुपैयाँ प्रतिकेजी रहेको छ । खुद्रा बजारमा यो मूल्य सूचीभन्दा फरक मूल्य पनि पर्न सक्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.