ह्वातै घट्यो सुनको मूल्य

डिसी नेपाल
३१ जेठ २०७९ ११:०८
352
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार १ सय रुपैयाँ कायम गरेको छ।

सोमबार प्रति तोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ८ सय रुपैयाँले घटेर प्रति तोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.