निरन्तर घट्दै सेयर बजार, ३६.०७ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं। साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक ३६.०७ अंकले घटेर १ हजार ९९६.२६ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १८ करोड ५५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा शिभम् सिमेन्ट अग्रस्थानमा रहेको छ। यस कम्पनीको ४ करोड ६७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ६ सय ९८ रुपैयाँ ५० पैसा कायम भएको छ। त्यसपछि क्रमश : एनसीसी बैंक र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।
मंगलबारको कारोबारमा १३ वटै उपसूचक नै घटेको छ। आजको कारोबारमा आधीखोला लघुवित्त र एनएमबि ५० का लगानीकर्ताले अधिक कमाएका छन्। यस्तै, हिमालयन पावर पार्टनर र बलेफी हाइद्रोपावरका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment