सेयर बजार राताम्मे, २९.८९ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
१ असार २०७९ १५:१४
60
Shares

काठमाडौं। साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक २९.८९ अंकले घटेर १ हजार ९६६.३७ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४९ करोड १७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा नेपाल दूरसंचार कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको १२ करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ८ सय ६५ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : हिमालयन डिस्टिलरी र बैंक अफ काठमाडौँको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचक नै घटेको छ। आजको कारोबारमा आधिखोला लघुवित्त र सिवाइसि नेपाल लघुवित्तका लगानीकर्ताले अधिक कमाएका छन्। यी दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, बलेफी हाइड्रोपावर र लाइद इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.