अमेरिकी डलरको भाउले बनायो नयाँ रेकर्ड, नेपाली मुद्रा झनै कमजोर हुँदै

डिसी नेपाल
२ असार २०७९ ८:५२
920
Shares

काठमाडौं। बिहिबार फेरी अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अमेरिकी डलरको भाउ बढेसंगै नेपाली मुद्रा झनै कमजोर हुँदै गएको छ।

रुस र युक्रेन युद्धले गर्दा संसारभरी नै असर परेको छ।  उक्त युद्धको असरको कारण भारतीय मुद्रा झनै कमजोर भइरहेको छ। भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बिहिबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२५ रुपैयाँ २१ पैसा कायम भएको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ४८ पैसा र बिक्री दर १२५ रुपैयाँ ०८ पैसा कायम गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.