सिद्धार्थ बैंकले ४० लाख कित्ता ऋणपत्र असार १० गतेदेखि जारी गर्दै

डिसी नेपाल
२ असार २०७९ ९:३७
204
Shares

काठमाडौं। सिद्धार्थ बैंकले ४० लाख कित्ता ऋणपत्र असार १० गतेदेखि जारी गर्ने भएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा  ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो।

बैंकले जारी गर्ने ऋणपत्रमध्ये ८० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ। भने, १६ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

बैंकले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने भएको छ। लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

यस ऋणपत्रमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गर्ने भएको छ । यस ऋणपत्रमा लगानीकर्ताले असार १४ गतेसम्म आवेदन दिन पाइनेछ। उक्त तोकिएको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा असार २४ गतेसम्म खुला रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.