बिहिबार ८ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२ असार २०७९ १०:५२
136
Shares

काठमाडौँ। साताको कारोबारको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ३ सय रुपैयाँ कायम गरेको छ।

बुधबार प्रति तोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँ  निर्धारण गरिएकाे छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ६५ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको हो। बुधबार चाँदीको कारोबार प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.