कारोबार सुरु भएको १ घण्टा नबित्दै दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

डिसी नेपाल
२ असार २०७९ ११:४६
312
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार सुरु भएको १ घण्टा नबित्दै आँधिखोला लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

आँधिखोला लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने रिभर फल्सको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ।

आँधिखोला लघुवित्तको सेयर मूल्यमा ४९ रुपैयाँ ३० पैसाले बढेर ५ सय ४२ रुपैयाँ ५० पैसा पुगेको छ। यस्तै, रिभर फल्सको सेयर मूल्य प्रतिकित्ता २६ रुपैयाँ ३० पैसाले बढेर २ सय ९० रुपैयाँ २० पैसा पुगेको छ । मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.