सयपत्री हाइड्रोपावरको आईपीओ खुला

डिसी नेपाल
२ असार २०७९ १२:०५
436
Shares

काठमाडौं। सयपत्री हाइड्रोपावरले बिहीबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीले आयोजना प्रभावितका लागि १०० सय रुपैयाँअंकित तीन करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो।

सयपत्री हाइड्रोपावरको कूल चुक्ता पुँजी ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँको छ। जसमध्ये ३० प्रतिशत अर्थात ९ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको छ । यसमध्ये तीन लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री गर्न लागेको हो।

यस्तै, बाँकी ६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाइने छ। जसमध्ये १२ हजार कित्ता आईपीओ कर्मचारीलाई र ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ।

कम्पनीले बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिकाका लागि आईपीओको बिक्री खुलाएको हो । यस्तै, गल्कोट नगरपालिकाका स्थानीयवासीले समेत आईपीओमा आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.