काठमाडौंबाट हालसम्म कै धेरै ५० केजी सेताे हेरोइन बरामद
फाइल फाेटाे।
काठमाडौं। प्रहरीले काठमाडौबाट हालसम्मको सबैभन्दा बढी लागुऔषध सेतो हिरोइन बारामद गरेको छ। आइतबार सोमबार र मंगलबार तीन दिनमा करिब–करिब ५० किलो लागुऔषध सेतो हिरोइन बरामद गरेको हो।
लागुऔषध नियन्त्रण ब्युरोले तीन दिनको सर्च अप्रेशनपछि सो हिरोइन बरामद गरेको छ। यो नेपाल प्रहरीले अहिलेसम्मकै ठूलो सफलता पाएको छ। प्रहरीलेसेतो हेरोइनसहित तीन दक्षिण अफ्रिकी नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोले जनाए अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै २४ केजी सेतो हेरोइन बरामद गरेको छ भने अन्य स्थानबाट अरु बरामद गरेको स्रोतको दावी छ।
आइतबार १६ केजी तथा सोमबार आठ केजी हेरोइन बरामद भएको थियो। अरु मंगलबार बरामद भएको हो। पक्राउ पर्ने तीनैजना दक्षिण अफ्रिकाका नागरिक छन्।
आइतबार मुरिल नसाम्बा र थान डेकिले सिबिसीलाई १६ केजी हेरोइनसहित एनसिबीको टोलीले पक्राउ गरेको थियो। उनीहरू दुवैजना दुबई विमानस्थल हुँदै नेपाल आएका थिए।
त्यस्तै, सोमबार दिउँसो दक्षिण अफ्रिकी नागरिक खानिसिली थभोनी थाबालालालाई आठ केजी हेरोइनसहित पक्राउ गरेको थियो। भन्सार जाँचबाट बाहिरिसकेपछि शंका लागेर थप चेक गर्दा उनले बोकेको ह्यान्डब्यागमा कालो र्यापिङ गरेको प्लास्टिकभित्र हेरोइन बरामद भएको विमानस्थलका एक प्रहरी अधिकारीले बताए।
सेतो हिरोइनको बजार मूल्य अत्याधिक धेरै रहेकाले यति नै बराबरको बरामद भएको छ भनेर बताउन नसकिने प्रहरी अधिकारीले जनाएका छन्।







डिसी नेपाल








Facebook Comment