ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौँको सेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई बैंकको सेयर कारोबार रोक्का भएको छ। मर्जर प्रक्रियामा रहेका ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौँको सेयर कारोबार रोकेको हो।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौँले एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्तिका लागि सम्झौता गरेसँगै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो। यससम्बन्धी दुबै बैंकले असार २ गते नै बिहान ८ बजे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment