१२.५७ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्व १८ करोडमाथिको कारोबार

डिसी नेपाल
२ असार २०७९ १५:१५
76
Shares

काठमाडौं। साताको कारोबारको चौथौ दिन बिहिबार सेयर बजार बढेको छ। बिहिबार नेप्से परिसूचक १२.५७ अंकले बढेर १ हजार ९७८.९४ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व १८ करोड ७१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा नेपाल दूरसंचार कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको १३ करोड ८८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ८ सय ९५ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : एनसीसी बैंक र सिभिल बैंकको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचकमध्ये दुई वटा उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा आधीखोला लघुवित्त र रिभर फल्स पावरका लगानीकर्ताले अधिक कमाएका छन्। यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स र राष्ट्रिय उत्थान लघुवित्तका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.