मङ्कीपक्सको आशङ्कामा दुबईबाट आएका पुरुष टेकु अस्पतालमा भर्ना

डिसी नेपाल
२ असार २०७९ २१:०७
584
Shares

काठमाडौं । नेपालमा एक जनालाई मङ्कीपक्सको आशङ्का गरिएको छ । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्कीपक्सको आशङ्का गरिएको छ । अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका निर्देशक डा मनिषा रावलले अहिले ती बिरामीलाई भर्ना गरेर उपचार गरिरहेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मङ्कीपक्सको आशाङ्कामा टेकु अस्पतालमा पठाएको थियो ।

उनका अनुसार ती बिरामीलई मङ्कीपक्सको जस्तो लक्षण उच्च ज्वरो, शरीरमा फोका आउने जस्ता समस्या रहेको बताए । “हामीले आइसोलेट गरेर ती व्यक्तिलाई उपचार गराइरहेका छौँ”, उनले भने, “रिपोर्ट आएपछि मङ्कीपक्स हो होइन थाहा हुन्छ ।” बिरामी दुबई हुँदै नेपाल आएका हुन् । उनी दुबईमा वैदेशिक रोजगारका लागि गएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.